गोपेश्वर पिठ बृद्वाश्रम मथुराबेसीद्वारा जेष्ठ नागरिक दिवासेवा सतसङ्ग समुदघाटन कार्यक्रम सम्पन्न

| २०८० कार्तिक १६ गते १८: ३९ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
कार्तिक १६ -गोपेश्वर पिठ बृद्वाश्रम मथुराबेसीद्वारा जेष्ठ नागरिक दिवासेवा सतसङ्ग समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिका वडा न.५ को मथुराबेसीमा रहेको यस बृद्धाश्रममा स्थानीय १० भन्दा बढी  जेष्ठ नागरिकहरु लाई तातो कपडा बितरण  तथा भोजन गराइएको छ ।

हिन्दु धर्म रक्षा परिषदका केन्द्रिय अध्यक्ष नारायण खनाल

हिन्दु धर्म रक्षा परिषदका केन्द्रिय अध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य स्थानीय वडा अध्यक्षहरु समाजसेवी ब्याक्तित्वहरुको उपस्थित रहेको थियो 

नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ

कार्यक्रम ढुन्डिराज अधिकारिको अध्यक्षता तथा वडा सदस्य कृष्ण प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्