अर्घा बेल्टारीमा जुम्लेया भाईहरुको पहलमा तेश्रो पटक भैरव नाँच हुँदै

| २०८० कार्तिक २२ गते १६: २८ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घा बेल्टारीमा  भैरव नाँच हुने भएको छ ।

यहि कार्तिक २४ गते (शुक्रबार) साँझ ७ बजेदेखि बेल्टारीमा अवस्थित स्व.हुम बहादुर थापा खेल मैदानमा नुवाकोट भैरव समाजको भैरव नाँच प्रदर्शन हुने भएको हो।

अर्घाखाँचीबुलेटिन मिडिया प्रबन्धक निर्देशक हाल इजरायलमा रहनुहुने यूवराज थापा (जुम्लेया भाइहरु) र बुहारी कमला थापाले आफ्ना स्वर्गीय बुवाहरु खड्क बहादुर थापा,हुम बहादुर थापा तेज बहादुर थापाको सम्झना भैरव नाँच नचाउने भएका हुन्। 

यसै त अर्घाखाँचीबुलेटिन मिडिया प्रबन्धक निर्देशक यूवराज थापाले यस अघि पनि २ पटक आफ्नो गाउँ बेल्टारीमा भैरव नाँच नचाईसकेका छन्। इजरायल मा रहेका सामजिक व्याक्तित्व थापाले पहिलो पटक आफ्नो गाउँमा भैरव लैजादा गाउँवासी सामु प्रत्येक बर्ष बेल्टारीमा  भैरव नाँच नचाउने प्रतिबद्वता जनाएका थिए सोहि अनुसार लगातार २ बर्ष सम्म बेल्टारीमा भैरव नाँच नाच्यो पनि तर तेश्रो बर्ष भैरव लैजाने शुरसार गर्दा अदृश्य कोरोना महामारीले बिश्वलाई नै आक्रन्त बनाइ सके पछि भैरव समाजहरुले पनि भैरव नाँच निकाल्न छाड्नुभयो तेस पश्चात झन्डै ५ बर्ष यता देखि बेल्टारीमा भैरव नाँच गएको थिएँन तर यस पालि भने बेल्टारीमा भैरव नाँच यहि कार्तिक २४ गते शुक्रवार भव्यताका साथ् हुने थापाले जानकारी दिएका छन्। 

भैरव नाँच

हामीहरुको परम्परा र कला संस्कृतिको जगेर्ना संगै पुस्ता हस्तान्तरण को मूल नारा सहित यूवराज थापाका स्वर्गीय वुवा हुम बहादुर थापाले आफु भारतिय सैनिकमा कार्यरत रहंदा धेरै बर्ष पहिले बेल्टारीमा कुनै भैरव नाँच्ने मैदान ठाउँ नहुँदा पनि बेल्टारीको काठेपिङ्ग भन्ने भिरालो स्थानमा भैरव नाँच नचाउनुभएको रहेछ सोहि कारण स्वर्गीय वुवा हुम बहादुर थापाका राईला छोरा यूवराज थापा (जुम्ल्लेया)ले आफ्नो बाबाकै कारण र सम्झनामा आफ्नो गाउँ बेल्टारीमा भैरव नाँच लैजाने प्रचलन (शुरुवात) गरेको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्