अर्घाखाँचीमा कार र मोटरसाइकल एकआपसमा ठोकिंदा दुई जना घाईते

| २०८० मंसिर २ गते २२: ०० मा प्रकाशित

                                                           फाइल तस्विर 

पुजा केसी ,अर्घाखाँची। अर्घाखाँचीमा कार र मोटरसाइकल एकआपसमा ठोकिंदा दुई जना घाईते भएका छन्। 

मङ्सिर १ गते शुक्रबार करिब ११ बजेको समयमा सन्धिखर्क गाेरुसिङ्गे सडकखण्ड अन्तर्गत पर्ने शितगँगा नगरपालिका वडा नम्बर १२ को कोंद्रे खोला मा  गाेरुसिङ्गेबाट सन्धिखर्क तर्फ आउंदै गरेको प्रदेश न. ३- ०१ - ०२३ नम्बरको कार र बिपरित दिशाबाट जाँदै गरेको लु.३१ प्.२८१९ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिंदा मोटरसाइकल मा सवार चालक बुद्धिमान श्रेष्ठ र  मोटरसाइकल को पछाडी बसेका मधु श्रेष्ठ घाईते भएका छन्। 

कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ७ बस्ने घाईते ५५ बर्षिय बुद्धिमान श्रेष्ठ र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका १३ बस्ने मधु श्रेष्ठ लाई  उपचारको लागी बुटवल पठाईएको प्रहरी स्रोत ले जनाएको छ। 

दुर्घटनामा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका ७ बस्ने ४० वर्ष का कार चालक लक्ष्मण नेपाल र दुवै दुर्घटना हुने सवारी साधनलाई प्रहरी नियन्त्रणमा राखिएको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्