खाँचीकोट दरबार यूवा क्लवको देउसी भैलोले दश हजार रुपैयाँ भुकम्प पिडितलाई सहयोग गर्ने

| २०८० मंसिर ११ गते १८: ५१ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा स्थापित खाँचीकोट दरबार यूवा क्लवले हरिबोबोधनी एकादशीमा देउसी भैलो खेली आफ्नो खर्च कटाई बचेको रकम भुकम्प पिडित लाई सहयोग गर्ने धोषणा गरेको छ।

कला संस्कृतिको पहिचान पुरानो संस्कृति र रितिरिवाज जोगाऔं भन्ने मुल नारा बोकेको खाँचीकोट दरबार यूवा क्लव द्वारा संचालित देउसीभैलो कार्यक्रम २०८० को हरिबोबोधनी एकादशीमा देउसी भैलो खेली क्लबको खर्च कटाई बाँकी रकम मध्ये रु.१०००० भूकम्प पिडितलाई सहयोग गर्ने धोषणा गरेको क्लबका सचिव बाबुराम के सिले बुलेटिनलाई जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्