राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीद्वारा बिरोध कार्यक्रम सम्पन्न

| २०८० मंसिर १४ गते २०: १८ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन, संवाददाता। "संघियाताको खारेजी ,राज संस्था पुनर्स्थापना ,हिन्दु राष्ट्र पुनर्स्थापना,प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भ्रष्टचार उन्मुलन सहितको मूल नारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिंजो सन्धिखर्कमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ। 

संघियाताको खारेजी,राज संस्था पुनर्स्थापनाको माग र हिन्दु राष्ट्र पुनर्स्थापना साथै देशमा भ्रष्टचार उन्मुलन गराउन माग गर्दै हिंजो  सन्धिखर्क बजार मा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति अर्घाखाँचीले बिरोध कार्यक्रम गरेको हो। 

 राष्ट्रिय प्रजातन्त्र पार्टी

बिरोध कार्यक्रममा देश बचाउँने एक मात्र राप्रपा हो पार्टी , बिदेशी ले हड्डी फाल्दा निल्ने सबै जना ,हे गणतन्त्र आयो भन्छन कस्तो तन्त्र आयो ,बिकास को उल्टो यहाँ भ्रष्ट्रचार भयो भन्ने गित बजेको सुन्न सकिन्थ्यो।

उक्त बिरोध कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी को कार्यालय बाट शुरु भई बजार क्षेत्र ,बैंक रोड हुँदै शान्ति बगैंचा गई कोण सभा गरि कार्यक्रम सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्