इन्सेक अर्घाखाँची द्वारा आर्थिक सहयाेग

| २०८० मंसिर १७ गते १८: ३९ मा प्रकाशित

पूजा केसी ,सन्धिखर्क। मानव अधिकार र सामाजिक न्यायका लागि अनौपचारिक सेवा केन्द्र (इन्सेक) नेपाल अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडा नं. ७ निवासी पि एस (परिवर्तित नाम) लाई आर्थिक सहयोग गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै इन्सेक प्रतिनिधि कुल बहादुर नेपालीद्वारा नगद रु ८ हजार  हस्तान्तरण गरिएको हो । 

इन्सेक अर्घाखाँचीले मानवअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताउँदै आर्थिक, विपन्न, गरिब र हिंसामा परेका महिला तथा बालबालिकाका लागि सधैं सहयोग गर्ने बताएका थिए । 

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माधव श्रेष्ठ, वडा सदस्य सुन्तली श्रेष्ठ, वडा सदस्य भगवती पाण्डे सुनार, सन्धिखर्क नगरपालिका ७ का वडा सदस्य पुष्पा नेपाली लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्