थारो निर्माण गर्ने क्रममा पिलर ढलेर लाग्दा अर्घाखाँचीमा एक बालिकाको मृ'त्यु

| २०८० मंसिर १७ गते २०: १८ मा प्रकाशित

प्रदीप सुनार,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड न ४ वाङ्ला आमडाँडकी एक १० बर्षिया बालिकाको मृ'त्यु भएको छ। 

आफ्नै घरमा थारो बनाउँने क्रममा मङ्सिर १६ गते शनिवार को दिन एक्कासी पिलर ढल्दा टाउकोमा गम्भीर चोट लागेकी आमडाँडकी १० बर्षिया बालिका आशिका नेपालीको  थप उपचारका लागी बुटवल लैजाँदै गर्दा बीच बाटोमै मृ'त्यु भएको निजका घरपरिवारले बताएका छन्। 

उक्त घटनामा मृतक आशिका नेपालीकी आमा हिमा नेपाली घाईते भएकी छिन। आशिका नेपालीको जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम पछि शव घर परिवार लाई बुझाई अन्तिम दांहसंस्कार गरिएको जानकारी आएको छ। 

प्रतिक्रिया दिनुहोस्