अन्तराष्ट्रिय अपाङ्ग दिवको दिन नवज्योति सुस्त मनस्थिति विद्यालयलाई गिजर सामाग्री हस्तान्तरण

| २०८० मंसिर १९ गते १६: ५९ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क।अन्तराष्ट्रिय अपाङ्ग दिवस अर्घाखाँची सहित देश तथा बिदेशमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै बिच “दिगो बिकास लक्ष्य प्रप्तिको प्रतिबद्धता अपाङ्गता भएका ब्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता” भन्ने मुल नाराका साथ ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सन्धिखर्क नगरपालिकामा रहेको निर्मल नवज्योति सुस्त मन स्थिति विद्यालयमा पानी तताउने सामग्री गिजर सन्धिखर्क उपप्रमुख वडा नं १ का अध्यक्ष लगायतको टिमले सामाग्री हस्तान्तरण गरेको हो!!

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले ब्यक्ति रुपमा जाडोका लागि बालबालिकाहरु लाई फाइबर सिरक उपलब्ध गराउनु भएको हो । कार्यक्रममा सन्धिखर्क नगर पालिका वडा नं १ का अध्यक्ष माधव श्रेष्ठले आज आफ्नो जन्म दिनको अवसर पारि हिटर हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रम माधव श्रेष्ठको अध्यक्षता र बिजुला रायमाझीको प्रमुख आतिथ्यमा सप्पन्न भएको हो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यको बिशिस्ट आतिथ्य रहेको थियो । यस्तै राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिवलाय सदस्य कमला परिवार ,निर्मल नवज्योति सुस्त मनस्थिति बिधालय प्रधानाध्यापक कमला भुसाल लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन महिला तथा बालबालिका प्रमुख बेलकुमारी परिवारको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्