सन्धिखर्क नगरपालिका द्वारा स्वास्थ तथा सरसफाई निति बारे छ्लफल

| २०८० मंसिर २० गते २०: ४९ मा प्रकाशित

 पूजा केसी ,सन्धिखर्क। स्वास्थ्य सेवाप्रदायक संस्था वा ब्यक्ती बाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी, जवाफदेही र गुणस्तरीय बनाउनका  स्वास्थ मस्यौदा नीति बारे छ्लफल गरिएको छ । 

गुणस्तरीय औषधि तथा प्रविधिजन्य स्वास्थ्य सामग्रीको प्रयोग गर्दै  छिटो छरितो,सहज र सर्बसुलभ स्वास्थ्य सेबा प्रदान गर्न  साथै  सेबालाई थप प्रभाकारी बनाउन सन्धिखर्क नगरपालिकाले स्वास्थ्य तथा सरसफाई नीति निर्माणका लागी मस्यौदा उपर सन्धिखर्कमा सरोकारवाला हरु सग छ्लफल कार्यक्रम सम्पन्न गरेको छ । 

स्वास्थ्य तथा मस्यौदा माथी छ्लफल कार्यक्रममा बोल्दै नगरपालिकाका  प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले नेपालको संविधानले आधारभुत स्वास्थ्य सेबालाई प्रत्येक नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको भन्दै गुणस्तरिय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्बसुलभ पहुँचमा पुराउने राज्यको दायित्व भएको बताउनु भयो । 

भुसालले रास्टिय स्वास्थ्य नीति,प्रदेश स्वास्थ्य निति,लाई आधारमानी  सन्धिखर्क नगरपालिकाको बर्तमान,अवस्था,समस्या तथा चुनौतीहरु उपलब्धि स्रोत साधन तथा प्रमाण हरुलाई  समेत आधार बनाई सरोकारवाला हरुकै सहभागीता स्वास्थ निति बनाउन लागेको बताउनु भयो ।परामर्श दाता डाक्टर जीवन घिमिरेले प्रस्तुत गरेको मस्यौदा उपर अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारी, स्वास्थ कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपाली (unfpa) लुम्बिनी प्रदेश प्रमुख राम थापा, सन्धिखर्क नगरपालिका सम्पुर्ण वडा अध्यक्षहरुको तर्फबाट वाड न ६ का वाड अध्यक्ष श्रीधर महत्रा, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सह सचीव हृदय भुसालले मस्यौदा उपर मनतब्य व्यक्त गर्नु भएको थियो ।

 unfpa परामर्श दाता, स्वास्थ शाखा आयोजक भएको कार्यक्रममा वाड अध्यक्षहरु कार्यपालिका सदस्य, स्वास्थ्य चौकी इन्चार्ज साथै  विभिन्न सरोकारवाला हरुको बिचमा गरिएको कार्यक्रम प्रमुख प्रशाकिय अधिकृत खुमलाल भुसालको अध्यक्षता,प्रकाश परिवारको स्वागत मनतब्य तथा स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्