सन्धिखर्क १० मा लागुपदार्थ दुर्व्यसनी तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

| २०८० मंसिर २८ गते १७: ३८ मा प्रकाशित

सुदिप भट्टराई ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वाड नम्वर १० काे युवा लक्षित कार्यक्रम अन्तर्गत लागुपदार्थ दुर्व्यसनी तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० मा युवा लक्षित लागूपदार्थ दुव्यसनी  तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना  कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमका मुख्य अतिथी कानुन व्यबसायि विजय भुसाल र सन्धिखर्क नगरपालिका अन्तर्गत शिक्षा अधिकृत मञ्जु आचार्यको उपस्थिति रहयो ।

कानुन व्यबसायि विजय भुसालले लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि बिषयमा सचेतना प्रदान गर्नुभएको थियो । लागुपदार्थ सेवन गरि समाजमा बिकृति फैलाउने र निरन्तर प्रयोग पछि मानसिक रूपमा बिकृत भइ आत्महत्याकाे बाटाे सम्म पुग्ने अबस्था सिर्जना हुने बिषयमा अधिबक्ता भुसालले जानकारि गराउनुभएकाे थियाे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मन्जु आचार्यले युवा उमेरले मात्र नभइ साेच र बिचारमा पनि नयापन र अग्रगामी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार प्रेमनारायण आचार्य , नेत्र मरासिनीले शुभकामना मनतब्य राख्नुभएको थियो ।

 कार्यक्रम  वडा अध्यक्ष माेहनसिह ठकुरिकाे अध्यक्षता,पशु प्राबिधिक प्रदीप आचार्यको स्वागत मन्तव्य र सचिव बिष्णु अाचार्यकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्