सन्धिखर्क १० मा संचालित वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नम्बर ७ को "बि" समुहलाई

| २०८० पौष २ गते १८: ३३ मा प्रकाशित

पूजा कुँवर ,सन्धिखर्क। "स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद "भन्ने मुल नारा सहित सन्धिखर्क १० मा वडा स्तरीय भलिवल प्रतियोगिता सन्धिखर्क १० को भद्राचौरमा सम्पन्न भएको छ। 

सन्धिखर्क नगरपालिका वडा नम्बर १० को वडा कार्यलय अर्घा धरमपानी अर्घाखाँचीको आयोजकत्व र वडा स्तरीय युवा संजाल सन्धिखर्क दश को समन्वयमा पुष २ गते देखि संचालन भएको वडा स्तरीय भलिवल प्रतियोगितामा साबिक वडा नम्बर ७ ले उपाधि जित्न सफल भएको छ। 

प्रतियोगिताको पहिलो सेमिफाइनल साबिक को वडा नम्बर ५ र ६ बीच भएको थियो जसमा साबिक को वडा नम्बर ६ ले ५ लाई हराउदै फाइनलमा प्रवेश गरेको थियो त्यसै गरी साबिक को वडा नम्बर ७ को "ए" टिम र "बि"टिम बीच भएको सेमिफाइनल खेलमा "ए "टिम लाई हराउदै "बि"टिम सेमीफाइनल मा प्रवेश गरेको थियो। 

प्रतियोगिताको फाइनल खेलमा साबिक को वा नम्बर ६ लाई २-१ को सेटले पराजित गर्दै साबिक को वडा नम्बर ७ को "बि" टिमले प्रथम स्थान् हाँसिल गर्न सफल भएको थियो। 

भलिवल प्रतियोगिताको समापन दिनमा वडा स्तरीय युवा संजाल सन्धिखर्क दश का निवर्तमान अध्यक्ष बिनोद थापालाई सन्धिखर्क दश का वडा अध्यक्ष मोहन सिंह ठकुरीको हात बाट प्रंससा पत्र ले सम्मान गरिएको थियो। 

 प्रंससा पत्र ले सम्मान 

४ वर्षको आफ्नो कार्यकालमा उनले पुर्याएको योगदानको उच्च कदर गर्दै थापालाई प्रंससा पत्रले सम्मान गरिएको हो। हाल शिव गन्धर्व वडा स्तरीय युवा संजाल सन्धिखर्क दशका अध्यक्ष रहेका छन्। 

समापन दिनमा वडा अध्यक्ष मोहन सिंह ठकुरी ,बिनोद थापा ,अरुण आचार्य ,सचिब बिष्णु भुसाल ,सुरक्षाकर्मी ,र संचारकर्मीहरुको उपस्थिति रहेको थियो। 

बिजेता,र उपबिजेता हुने खेलाडी हरुलाई वडा अध्यक्ष मोहन सिंह ठकुरीको हात बाट प्रमाण पत्र र युवा संजालका अध्यक्ष सिव गन्धर्व को हात बाट मेडल प्रदान गरिएको थियो। 

प्रथम हुने समूले नगद १२ हजार द्वितीय हुने समुहले ८ हजार र तृतीय हुने समुहले ४ हजार प्राप्त गरेका थियो। प्रतियोगितामा उत्कृष्ट खेलाडी साबिक ६ का बिष्णु बिक लाई प्रमाण पत्रले सम्मान  गरिएको थियो। 

 बिष्णु बिक लाई प्रमाण पत्रले सम्मान

पौष ३ गते देखि वडा स्तरीय क्रिकेट प्रतियोगिता अर्घा भगवती बिमान् स्थल मा सुचारु हुने वडा कार्यलयले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्