सन्धिखर्क नगरप्रमुख को परिवार द्वारा निर्मल नवज्योति सुस्त मन:स्थिती बिधालय मा न्यानो कपडा वितरण

| २०८० पौष ३ गते १८: १७ मा प्रकाशित

सागर मरासिनी , सन्धिखर्क।  सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ कि श्रीमती मान कुमारी श्रेष्ठ द्वारा छोराबुहारी समुन्द्र , सर्जु , मौनता श्रेष्ठ   अनि छोरी ज्वाइँ स्वदेश , श्याम डिसि  को आग्रहमा आज निर्मल नवज्योति सुस्त मन:स्थिती बिधालयका  बौद्धिक अपांगता भएका बालबालिकाहरुलाइ  न्यानो कपडा वितरण गर्नुभएको छ ।

उहाँले उक्त बिधालयमा पुगेरै १८ थान हुड ,  १८ थान सुरुवाल अनि  १० थान बालिकाहरुका लागि ज्याकेट  वितरण गर्नुभएको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा उक्त बिधालय कि प्रधानाध्यापक कमला भुसाल, अर्घाखाँची बुलेटिन डटकम का प्रधान सम्पादक सागर मरासिनी , युवा समाजसेवी  अरुण श्रेष्ठको उपस्थिति रहेको थियो । 

आफ्नो छोरा बुहारी , छोरी ज्वाइको र आफ्नो सम्पुर्ण परिवारको तर्फबाट उक्त सहयोग हस्तान्तरण गरिएको मान कुमारी श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्