अर्घाखाँची जिल्ला अदालतमा भर्चुअल प्रविधिबाट म्याद थप सुरु

| २०८० पौष ६ गते १८: २२ मा प्रकाशित

अर्घाखाँची। जिल्ला अदालत अर्घाखाँचीमा भर्चुअल माध्यमबाट म्याद थप सुरु  ।

अदालतले शुक्रबार इलाका प्रहरी कार्यालय ठाडाका अभियुक्तको म्याद थप गरि सो सेवा शुभारम्भ गरिएको हो । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहले सुरक्षा प्रमुख तथा जिल्ला न्यायधिवक्ताहरू छलफल गरि यो सेवा सुरु गरेका हुन् ।

जिल्लाको अदालतबाट इलाका प्रहरी कार्यालय ठाडा करिव ३३ किलोमिटर को दूरीमा रहेको छ ।  दुरीको हिसाबले टाढा पर्ने स्थानको भर्चुअल माध्यमबाट म्याद थप गर्दा समय तथा साधन स्रोतको बचत हुने भएकोले यो सेवा प्रभावकारी हुने भनाई छ।

पहिलो पटक म्याद थप गर्दा प्रतिवादी सहित उपस्थित हुनु पर्ने र दोस्रो पटकबाट मुद्दाको फाइल अदालतमा ल्याईसकेपछी मात्र यस प्रविधिको प्रयोग गरी म्याद थप गर्ने व्यवस्था मिलाएको अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्