श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले अर्घा भगवती मन्दिरको दर्शन गरे

| २०८० पौष ६ गते १८: ३७ मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा ,अर्घा। नेपाल सन्त समाजका अध्यक्ष, बौदिक,धर्म परिषद नेपालका प्रधान संरक्षक,हरिहर सन्यास अश्रमका पिठाधोस,तथा प्रमानन्द संस्कृत गुरुकुलका अध्यक्ष,श्री स्वामी ज्ञाननन्द १००८ महाराजले पौष ५ गते अर्घा भगवती मन्दिरको अवलोकन गरेका छन्। 

श्री स्वामी ज्ञाननन्द १००८ महाराजले अर्घाखाँची जिल्लाको प्रसिद्ध ,धार्मिक ,पर्यटकीय ,धार्मिक स्थल ,अर्घा भगवती मन्दिर र एसियाकै सबै भन्दा ठुलो दुर्गा देवि माताको मुर्तिको दर्शन अनि अवलोकन गरेका थिए। 

उक्त अर्घा भगवती मन्दिरका ब्यबस्थापन समितिका अध्यक्ष सरोज भुसालको अध्यक्षतामा ,स्थानीय जनप्रतिनिधिहरु,बिहार प्रहरी चौकी कार्यलय को समुह , स्थानीय पत्रकार , लगायत स्थानीय जन्ताहरुको उपस्थितमा बिशेष रुपले श्री ज्ञाननन्द १००८ महाराज को स्वागत गरिएको थियो ।

महाराजले उक्त क्षेत्रको विकास,पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने र मुर्तिको प्राण ,प्रतिष्ठा पछि गएर महत्वपूर्ण बन्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्