सुशिला शिर्पालि द्वारा श्री पाणिनि वेद विद्याश्रम मावि स न पा १ लाइ रु ३० लाखको चेक हस्तान्तरण

| २०८० पौष १६ गते २०: ४४ मा प्रकाशित

सन्धिखर्क। सोमवार सन्धिखर्कमा आयोजित पशुपति क्षेत्र बिकाश कोषद्वारा सन्धिखर्कमा रहेको पाणिनि बेद विद्याश्रम मा.बि लाई बिनियोजित रकम रु.तीस लाख रुपैयाको चेक हस्तान्तरण गर्दे राज्यमन्त्री सिर्पालिले यस्तो बताउनु भएको हो ।

पछिल्लो समय समाजमा बिस्तारै मानवता हटदै गएको भन्दै सिर्पालिले त्यसलाई जोगाउन धर्म संस्कृतिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकोले संस्कार र पहिचान जोगाउन सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।। बिद्यालयलाई संरक्षण गर्ने जिम्मा हामी सबैको भएको बताउदै सिर्पालिले पबित्र कार्यमा राजनिति उद्देश्य राख्न नहुने बताउनु भयो ।

आफु शिद्धेश्वर शिवालयमा गएको समयमा बिद्यालयको अबस्थाको बारेमा निबेदन गरेकोले रकम बिनियोजन गर्न सफल भएको भन्दै उहाँले ३० लाख रकमको अक्षय कोष स्थापनाले बिद्यालयको पठनपाठनमा सहयोग पुग्नेमा विस्वास व्यक्त गर्नुभयो । सिर्पालिले लोप हुदै गइरहेको संस्कृतिलाई संरक्षण र जगेर्ना गर्न बिद्यालयल सफल हुने भन्दै बिद्यालयको समग्र बिकासमा आफु लागीपरिरहने प्रतिबद्धतापनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्