सन्धिखर्क नगरपालिकाले नि:शुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउँने

| २०८० फागुन १ गते १७: ३७ मा प्रकाशित

सागर परियार अर्घाखाँची। सन्धिखर्क नगरपालिका भित्रका स्थायी बासिन्दा÷कर्मचारीहरुलाई निशुल्क रुपमा  रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने गरि  सन्धिखर्क  नगरपालिका र  नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र, रुपेन्देही वीच सम्झौता भएको । 

रुपन्देही जिल्ला भित्र संचालनमा रहेका सरकारी,निजी तथा सामुदायीक अस्पतालहरुमा उपचार गराउने सन्धिखर्क नगरपालिका भित्रका  स्थायी बासिन्दा ÷ कर्मचारीहरुलाई निशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने र  नगरपालिका बाट रक्त संचार सेवा केन्द्र रुपन्देहीको लागी रगत संकलन कार्यको लागी सहयोग गर्ने उदेश्यले यो पुन्य कामको लागी सम्झौता गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो । 

आफ्ना नागरिकलाई रगत र रगतजन्य  पदार्थ अभाव बाट बचाउनको लागी जिल्लामै पहिलो पटक यो कार्य गर्न लागेको र पहिलो पटक रुपन्देही र त्यस लगतै भरतपुर चितवन र काठमाण्डौँका निजी तथा सरकारी हस्पिटलहरुमा निशुल्क रुपमा  रगत र रगतजन्य पदार्थ उपलब्ध गराउनको लागी पहल गरिने प्रमुख प्रशासकीय अधिकृत खुम भुसालले जानकारी दिनु भयो । 

सम्झौतामा पहिलो पक्षको तर्फबाट नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, रोहबर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुम भुसाल र दोस्रो पक्षको तर्फबाट नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीका सभापति कुशल भुसाल, जिल्ला शाखा मन्त्री तुलसीराम पौडेलले हस्ताक्षर गरि सम्झौता गरिको हो ।

प्रतिक्रिया दिनुहोस्