स्वरोजगार लद्युवित्त वित्तीय संस्थाको आयोजनामा दुइदिने व्यवसायीक पशुपालन सम्बन्धी तालीम सुरु

| २०८० फागुन २ गते १९: ३१ मा प्रकाशित

पूजा केसि, अर्घाखाँची ।स्वरोजगार लद्युवित्त वित्तीय संस्थाको आयोजनामा दुइ दिने व्यवसायीक पशुपालन सम्बन्धी तालीम सन्धिखर्कमा सुरु भएको छ ।

तालीमको सन्धिखर्क नगरपालीका २, नम्वर वडाका वडाअध्यक्ष मोतिजंग रायमाझीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष रायमाझीले घरमा परम्परागत रुपमा पशुपालन गरिराखीएको भएतापनि तालीमले आधुनिक र बैज्ञानिक ढंगबाट पशुपालनगर्न सिकाउने भन्दै तालीममा सिकेका कुराहरुलाइ व्यवहारमा लागुगर्न आग्रह गर्नुभयो । रायमाझीले तालीमले व्यापार गर्न , आयश्रोत बढाउन र व्यक्तिलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने भन्दै तालीम अयोजना गर्ने संस्था स्वरोजगार लद्युवित्तको मुक्तकण्ठले प्रसंसा समेत गर्नुभयो ।

तालीममा पशुपालनको महत्व,पशुका जातहरु,पशुको बर्गीकरण,गोठ व्यवस्थापन,प्रजनन् व्यवस्थापन, पशुकोलागी चाहीने आहारा, घाँस, पशु स्वास्थ्य, पशुमा लाग्ने रोग, पशुको स्वास्थ्थ व्यवस्थापन, जेनेटिक रोगलगायतको बारेमा सहजीकरण गरिने तालीकमा मुख्य प्रशिक्षक प्रदिप आचार्यले बताउनुभयोे । आज र भोलीगरी दुइदिनसम्म सञ्चालन हुने तालीममा ७० जनाको सहभागीता रहेको छ ।

कार्यक्रममा संस्थाका अर्घाखाँची शाखा प्रमुख विशाल अर्याल, केन्द्रकी सदस्य नर्मिला सेजवाल, लगायतले मनतव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्