सन्धिखर्क नगरपालिद्वारा आयाेजित नगरपालिका स्तरिय विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

| २०८० फागुन २ गते २०: ४९ मा प्रकाशित

पूजा केसि, सन्धिखर्क।सन्धिखर्क नगरपालिका अर्घाखाँचीद्वारा आयाेजित नगरपालिका स्तरिय विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएकाे छ।

नगरपालिका स्तरिय विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम

सन्धिखर्क नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकाे आयाेजनामा सरस्वती पुजा विशेष विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत माध्यमिक तह हाजिरजवाफ प्रतियाेगितामा १३ सहभागी विद्यालयहरु मध्ये जनज्योति माध्यमिक विद्यालय प्रथम, गौरीशंकर इङ्लिस बोर्डिङ स्कूल  द्वितीय र ज्ञान प्रकाश माध्यमिक विद्यालय तृतिय भएका छन्।

त्यसैगरी आधारभूत तह(६-८) निबन्ध  प्रतियोगिता तर्फ २५ बटा सहभागी विद्यालय मध्य गौरीशंकर इङ्लिस बोर्डिङ स्कूल प्रथम , सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ स्कूल द्वितीय र पार्वती आधारभूत  विद्यालय तृतीय हुन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्