लुम्बिनी प्रदेश सभाको आयोजनामा अर्घाखाँचीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० फागुन ३ गते १७: ५७ मा प्रकाशित

हृदय भुसाल अर्घाखाँची । प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तरकृया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 

अन्तरक्रिया कार्यक्रममा अध्यक्ष एबम लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले संघियता अझै पनि कार्यन्वयन नभएको अनुभुती भएको भन्दै स्थानिय तह र प्रदेश सभाको अनिवार्य सहकार्य आबश्यक रहेको बताउनु भयो । सभामुख घर्तीले संघियताको मुख्य संरचना नै प्रदेश सरकार भएको भन्दै संघीयता बारे जनप्रतिनिधि र नेता नै अभिमुखीकरण आबश्यक रहेको बताउनु भयो ।

 नेपाली समाजको बनोट, जनताले गरेको माग र आबश्यताको आधारमा संघियता आएको भन्दै प्रदेश सभाका माननिय सदस्य हरुले समेत कानुनको कुनै अध्ययन नगरी दलको आदेशमा मात्र धारणा बनाउदा कानुन निर्माण प्रक्रिया समेत प्रभावित हुने बताउनु भयो । जति सक्यो छिटो गरि कानुनि रुपमा देखीएका समस्या सामाधान गर्ने सभामुख घर्तीले बताउनु भयो । अन्तरकृया कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले कानुन निर्माण प्रक्रियामा बिबिधता आएको हुँदा एकरुपता कायम गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको बताउनु भयो ।संविधानले साझा अधिकार दिए पनि कार्यन्वयमा कानुन नहुदा समस्या भएको भन्दै कानुन निर्माण बिलम्ब हुँदा खुल्ला रुपमा गतिका साथ काम गर्न गाह्राे भएको बताउनु भयो ।

 जिल्ला समन्वय समितिका प्रमुख जिबनाराण कोईरालाले कानुन कार्यन्वयनमा धेरै खालका दुबिधा भएको भन्दै कानुनी जटिलता हरु हटाई जनसरोकारका सबाललाई छिटो,छरितो र सहज तरिकाले गर्नु पर्ने बताउनु भयो । ऐन,कानुन,कार्यबिधि, निर्देशिका साथै सभा संचालन तथा कानुन निर्माण प्रक्रिया बारे ६ वटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत हरुले प्रस्तुति गर्नु भएको थियो । 

अन्तर क्रिया कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रसासकिय अधिकृत खुमलाल भुसाल, शितगगा अर्जुन शर्मा, नुमलाल खनाल, भुमिकास्थान खिमानन्द आचार्य,हरिशचन्द्र भुसाल,पाणीनि गाउँपालिका रोमनाथ न्यौपाने,मालारानी गाउँ पालिका चेतनारायण कडेल,छत्रदेब गाउँ पालिका शिव बहादुर बिकले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सभा कार्य ब्यबस्था महाशाखाका सम्झना सुबेदी,प्रदेश सभा सचिवालय सचिब दुर्लभ कुमार पुनले सहजीकरण गर्नु भएको थियो । जिल्लाका ६ वटै स्थानिय तहका प्रमुख उपप्रमुख अध्यक्ष/उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्ष,पत्रकार हरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभा उपसभामुख मेनुका खाण क्षेत्रीले स्वागत तथा कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नुभएको थियो । प्रदेश सभा सचिवालयका अशोक ढुगानाले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्