स्वर्गीय प्रकाश महतको प्रथम स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

| २०८० फागुन ७ गते १७: ०० मा प्रकाशित

अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीले स्व.प्रकाश महतको प्रथम स्मृतिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सोमबार नेकपा एमाले पार्टी कार्यलय सन्धिखर्कमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटीको आयोजनामा भएको सभाका प्रमुख अतिथी नरेन्द्र कुमार क्षेत्रीले स्व. प्रकाशको  योगदान उच्च रहेकाले वहाँको अभाव सदैव खट्किरहने बताए । खेलकुदमा  उल्लेख्य योगदान पुराएको चर्चा गरे । देशको भविस्य युवा शक्तिमा निर्भर भएकोले युवाहरूको मागलाई नेकपा एमालेले सम्बोधन गर्ने बताए।

नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले स्व.महत विद्यार्थी जीवन देखि राजनीतिमा सक्रिय रहेको बताउदै युवाहरूको खुलेर प्रसंशा गरे ।  

कार्यक्रम नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष हेनरि बस्नेत को अध्यक्षाता र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विष्णु परियारको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्