कार्यसम्पादन मुल्यांकनको आधारमा सन्धिखर्कका शिक्षक आचार्य बढुवा

| २०८० फागुन ७ गते २२: ५६ मा प्रकाशित

रि कुँवर, अर्घाखाँची ।कार्यसम्पादन मुल्यांकनको आधारमा सन्धिखर्कका शिक्षक तिर्थराज आचार्य बढुवा भएका छन् । 

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माध्यमिक विद्यालय  डिहिडाडामा कार्यरत शिक्षक तिर्थराज आचार्य कार्य सम्पादन मूल्यांकनमा कुल  ९४.५० अङ्क प्राप्त गरेर प्राथमिक तहकाे प्रथम श्रेणीमा बढुवा भएका हुन । 


शिक्षक सेवा आयोगले कार्यसम्पादन मुल्यांकन ७५% को आधारमा शिक्षकहरुको बढुवा गरेको थियो । आयोगको बढुवा सिफारिस समितिको सचिवालय लुम्बिनी प्रदेशले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावलीमा आचार्यको नाम समावेश गरिएको हो।

प्रतिक्रिया दिनुहोस्