आफ्नो छोराको जन्मदिनको अवसर पारेर केसी परिवारद्वारा नवज्योति सुस्तमनस्थिति बिद्याललाई खाद्यान्न प्रदान

| २०८० फागुन ८ गते १७: ४५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। सन्धिखर्क १ मा रहेको निर्मल नवज्योति सुस्तमनस्थिति बिद्यालयका अपाङ्ग बिधार्थीलाई रियान केसीको जन्म दिनको अवसर पारेर खाद्यान्न प्रदान गरिएको छ। 

खाद्यान्न प्रदान

सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्रावेसी निवासी  नुवाकोट सुनचाँदी पसल का संचालक रमेश बिसी र  स्वास्थ्यकर्मी गौरी केसिका छोरा रियान केसी को पहिलो जन्म दिनको अवसर पारेर निर्मल नवज्योति सुस्तमनस्थिति बिद्यालयलाई ,७ हजार रुपैयाँ बराबर का चामल ,तेल ,दाल चना भुजा ,बिस्कुट ,आटा लगायत का खाद्यान्न  सामाग्री प्रदान गरिएको हो। साथै सम्पूर्ण बिधार्थिहरुलाई मिठाई लड्डु पनि खुवाईएको केसी बताउछिन। 

 निर्मल नवज्योति सुस्तमनस्थिति बिद्यालय

खर्चिलो र भड्किलो जन्म दिन मनाऊनु भन्दा उक्त पैसाले गरिब ,दीनदुखीलाई  यस्तै खाद्यान्न लत्ताकपडा प्रदान गर्ने हो भने समाजमा पनि राम्रो संदेश जान्छ कि ,भोलिका दिन मा अझै गरिब दुखिलाई केहि सहयोग हुन्छ कि भन्ने हेत्तुले आफ्नो छोरा रियान केसी जन्मे पछि उनलाई भेट्न आउने महानुभाव हरुले दिएको पैसा जोगाएर राखेर आज यस कार्य गर्न सफल भएको गौरी केसी बताउछिन। 

 गौरी केसि

साथै रियाँ केसी लाई अर्घाखाँचीबुलेटिन परिवार जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्