सामुदायिक घरपालुवा तथा छाडा कुकुरहरुकाे रेबिज भ्याकिनेशन ४ दिने खाेप अभियान सुरु

| २०८० फागुन १९ गते २१: ०१ मा प्रकाशित

पूजा केसि ,अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज खाेप अभियान शिविर शुरु गरेको छ ।

 कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज खाेप 

बिहान, बेलुकाको समयमा आवतजावत गर्दा मानिसलाई कुकुरले टोक्ने तथा बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको हो । सन्धिखर्कमा रहेका घरपालुवा तथा छाडा कुकुर गरी झन्डै दुई सय ५० कुकुरको स्थायी बन्ध्याकरण गर्न चार दिने शिविरको आयोजना गरेको सन्धिखर्कका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्