नेपाल प्रहरी श्रीमती सङघ लुम्बिनी प्रदेशको आयाेजनामा याेगा कार्यक्रम सम्पन्न

| २०८० फागुन २३ गते १६: ११ मा प्रकाशित

पूजा केसि ,सन्धिखर्क।अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा नेपाल प्रहरी श्रीमति संघको  तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना एवं अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको प्राविधिक सहयोगमा नागरिकहरुको स्वस्थ्य चेतना र स्वस्थ व्यवहार पालना सम्बन्धी चेतना अभिवृद्बि गराई योग र ध्यानमार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन गराउने उद्बेश्यले शिविर सञ्चालन गरिएको छ ।

दैनिक जीवनशैली ब्यवस्थापन तथा मानसिक स्वास्थ्य सेवा पवर्द्बनका लागि बुधवार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्राङ्गणमा योग र ध्यान शिविर सञ्चालन गरिएको हो ।

अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालयबाट मंगलवारदेखी गतेदेखि शुक्रवारसम्म सञ्चालन गरिने बिभिन्न कार्यक्रमहरुमध्ये प्रहरी कर्मचारीहरुलाई लक्षित गरी १ दिवसिय योग, ध्यान शिविर सञ्चालन गरिएको हो । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुको निस्शुल्क स्वास्थ्य परिक्षण गरिने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रतित सिंह राठौरको अध्यक्षता, आयुर्वेद स्वास्थ्य केन्द्रका योग गुरु ऋषिराम आचार्यको प्राविधिक सहयोगमा सञ्चालित योग शिविरको सहजिकरण स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख कमल प्रसाद आचार्य तथा स्वास्थ्य केन्द्रका बैद्य निरीक्षक पशुपति पन्थीले गरेका थिए । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक ईश्वरी अधिकारी लगायत करिब ५५ जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्