वाइफाइ नेपालको सस्तो ईन्टरनेट सेवा अर्घाखाँचीको ५ ठाउँबाट एकैसाथ सञ्चालनमा

| २०८१ बैशाख २७ गते १७: ४१ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची। वाइफाइ नेपाल इन्टरनेट सेवा प्रदायक संस्थाले अर्घाखाँचीको सन्धिखर्क , फुदवाङ, डिभर्ना, वाङ्ला ,अर्घामा  एकैसाथ सेवा सञ्चालनमा ल्याएको छ ।नेपालकै सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट सेवाका रुपमा चिनिएको यस इन्टरनेट कम्पन्नीले सेवा विस्तारका क्रममा अर्घाखाँचीको पाँच वटा ठाउँमा  एकैसाथ सेवा सुचारु गरेको हो ।
 
थप अन्य ठाउमा समेत सेवा विस्तारको योजना रहेको कार्यकारी अधिकृत सत्रुहन पञ्जियारले जानकारी दिनुभयो  । छोटो अवधिमा ग्राहकको सेवामा समर्पित हुदै स्तरिय सुविधा प्रदान गरिआएको यस कम्पन्नीले देशभरिका करिब ५५ वटा जिल्लामा वाइफाइ नेपालको इन्टरनेट पुगिसकेको उहाँको  भनाई छ ।



कम्पन्नीले विशेषगरि आर्थिक अवस्था कमजोर भएका लक्षित समुदायलाई इन्टरनेटको पहुँच पुर्याउदै सस्तो र उच्च सुविधा उपलव्ध गराउन आर्कषक अफर समेत सञ्चालनमा रहेको कम्पन्नीका  अर्घाखाँची यूनिटका इन्चार्ज नरेन्द्र सेजवालले बताउनु भयो।

जसअनुसार वाइफाइ नेपालले सवैभन्दा सस्तो २४ महिने इन्टरनेट प्याकेजमा ५० एविपिएस जडान गर्दा ८ हजार ४ सय ७५ ,८० एमविपिएसमा ११ हजार ८ सय ६५ रुपैयामै स्पीड सेवा दिने उहाँले बताउनु भयो । यस्तै,इन्टरनेट नविकरण गर्दा ५० एमविपिएसमा ७ हजार ३ सय ४५ र ८० एमविपिएस जडानका लागि १० हजार ७ सय ३५ मात्र शुल्क लिने कम्पन्नीले जनाएको छ ।

कम्पन्नीका कार्यकारी अधिकृत पञ्जियारका अनुसार सस्तो इन्टरनेट प्याकेजमा ५० एमविपिएसको ३ महीनाका लागि ३ हजार ५ सय ३, ६ महीनाका लापिग ४ हजार ६८ र एक बर्षको भने ६ हजार २ सय १५ शुल्क तिरे जडान समेत निशुल्क गर्ने व्यवस्था गरिएको छ । सोहि प्याकेज अनुसार ८० एमविपिएसको ३ महीना,६ महीना र १ वर्षका लागि क्रमशः४ हजार ६८, ५ हजार ३ सय ११ र ८ हजार ४ सय ७५ लाग्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्