मिथ्या सूचना विरुद्ध युवा बिषयक भिडियो प्रतियोगिताको नतिजा प्रकाशन तथा पुरस्कार बितरण

| २०८१ बैशाख २७ गते २२: ११ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। मिथ्या सूचना विरुद्ध युवा बिषयक भिडियो  प्रतियोगिताको नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम आज अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ ।

यहि  बैशाख १३ गतेबाट २४ गते सम्म प्राप्त १५ वटा भिडियो बाट ३ वटा भिडियोलाई प्रथम ,दोश्रो र तेस्रो बनाइएको र आज एक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिएको कार्यक्रमका संयोजक सागर परियारले बताउनु भयो । प्रथम हुनेलाइ १५ हजार , दोश्रो हुनेलाइ १० हजार र तेस्रो हुनेलाइ ५ हजार  र प्रमाणपत्र प्रदान गरिएको हो ।

सन्धिखर्क नगरपालिकाका बिक्की हिताङ्गको समुहले प्रथम स्थान हासिल गर्दा मालारानी गाउँपालिकाका नवीन बिकको समूह दोश्रो र पाणिनी गाउँपालिकाका भिम बिश्वकर्माको समुहले बनाएको भिडियोले तेस्रो स्थान हासिल गरेको हो । 

 आई.आर.आईको सहयोगमा  भिडियो प्रतियोगिता आयोजना गरिएको परियारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्