श्री सरस्वती माध्यमिक बिध्यालयको सितापुरमा पहिलो पटक ६१ औँ बार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रम भव्यताका साथ सम्पन्न

| २०७८ पौष ५ गते २०: ४२ मा प्रकाशित

झनक केसि,सितगंगा। शितगङ्गा नगरपालिका वाड न २ मा अबस्थित श्री सरस्वती माध्यमिक बिध्यालयको सितापुरमा पहिलो पटक ६१औ बार्षिकोत्सब कार्यक्रम तथा अबिभावक दिवस बिभिन्न सांकृतिक तथा जनचेतना मुलक कार्यक्रम गरी सोमबार भव्यताका साथ सम्पन्न भएको छ । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यता शितगङ्गा  नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारिको विशिष्ट अतिथि बिध्यालय ब्यबस्थापनका अध्यक्ष तथा वार्ड न २ का अध्यक्ष गोबर्धन थापाको अध्यक्षता अतिथी कार्यपालिका सदस्य राम बहादुर दर्नाल,अतिथी शितगङ्गा नगरपालिका शिक्षा शाखाका प्रमुख बिनोद पोख्रेल,अतिथिहरु वार्ड न २ का सदस्यहरु विभिन्न पार्टिका प्रतिनिधी,संघ सस्थाका प्रतिनिधि वार्ड २ का आधारभुत बिध्यालयका प्रअ तथा प्रतिनिधि,मन्द्रे माबिका प्रअ तथा प्रतिनिधि,सितापुर स्वास्थ शाखाका प्रमुख बिष्णु खनाल, इप्रका ठाडाका नायब निरीक्षक शालिक राम खनाल,शितगङ्गा रेडियोका स्टेसन म्यानेजर अराज बेल्बासे, पत्रकारहरु बुद्धिजिवि समाजसेवि,अभिभावक विद्यार्थीहरु बजारबासी लगायतको आतिथ्यतामा    दिनेश पौडेलको संचालकमा कार्यक्रम सफल भएको थियो। 

कार्यक्रममा स्वागत मन्तब्य सरस्वती माबिका प्रअ खुम प्रसाद बेल्बासेले सबैलाई स्वागत गर्दै बिबिध कारणले रोकिएको यो उत्सव ऐले मेरो कार्यकाल देखि संचालनमा ल्याएको छु । अब अर्को बर्ष अझ उल्लासका साथ सबैलाई सम्झेर मनाउने भन्दै सबैलाई स्वागत गरेका थिए। 

वार्षिकोत्सब कार्यक्रममा,बिध्यार्थी  कलाकार लगायतको जनचेतना मुलक प्रस्तुति समेत रहेको थियो भने बिध्यालयका सह-प्रधानाध्यापक धर्म राज खनालले बिध्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। 

बार्षिकोउत्सब २०१७ साल देखि ऐले सम्म कसैले नगरेको यो ६१ बर्षपछि प्रथम पटक गरिएको खनालले जानकारी दिएका थिए। सरस्वती माबिकाे see मा अहिले सम्मकै उत्कृष्ट नतिजा ल्याउन सफल अनमाेल सिंह बेल्बासेलाई बिद्यालयले सम्मान गरेकाे छ उनले २०७७ सालकाे see मा ३.७५ जिपिए ल्याउदै बिद्यालय टप्न सफल भएकाे शिक्षक दिनेश पाैडेलले बताउनु भयाे उनले अहिले सम्मकै उतकृष्ट नतिजा सहित बिद्यालय टपेका हुन । अब आउने बिद्यार्थीमा समेत चुनाैती थपेर बिद्यालयकाे नाम राख्न सफल  भएका हुन । बेल्बासे शितगंगा ४ अमराइ निवासी हुन । स्वगिय शिक्षक हर्ष बहादुर सिंह बेल्बासेका कान्छा छाेराका जेठाे छाेरा अनमाेलले शाैक्षिक ब्यक्तित्व आफ्ना हजुर बुबा हर्ष बहादुर सिंहकाे नाम राख्न सफल भएकाे  भन्दै एक शिक्षकले प्रशंसा गरे । यस्तै बिद्यालयले  कक्षा १२ मा  हाल सम्म बिद्यालय प्रथम हुने ममता गुरुङ , समीक्षा गुरुङ, साेनु खत्री लाई समेत सम्मान  गरेकाे छ। 

कार्यक्रममा विविध बिधाका कार्यक्रम  आव ७७/७८ स्कुल टपर,बिध्यार्थी खेलकुद,अप्पाङ्गलाई नि-शुल्क शिक्षा,सम्मान कार्यक्रम बिदाइ भै सकेका गुरुहरु  गुरुआमाहरु पुर्व प्रअ शिक्षक राजेन्द्र केसि, कल्पना केसि,राजकुमार सिङ्जाली ,चन्द शर्मालाई बिधाई तथा दोसल्ला करुवा सम्मानपत्रले सम्मान गरेका थिए। 

कक्षा ११/१२ का ग्रेट राम्रो जिपिए ल्याएका विद्यार्थीहरुलाई पुरस्कार बितरण गरि समान्न गरिएको थियो। 

कार्यक्रममा पुर्व प्रअ राजेन्द्र केसि द्वारा एकलाख पाच हजारको अक्षयकोष खडा भएको छ ब्याजबाट आउने पैसाबाट बिध्यार्थिलाई पुरस्कार दिने बाताबरण रहने भन्दै आफुले आवकास जिवनमा पनि अझै सहयोग गर्ने बताए । 

कार्यक्रममा नगर शिक्षा प्रमुख पोख्रेलले आवश्यक शैक्षिक गुणस्तर सुधारमा मेरो भुमिका रहने छ। कुनै पनि पार्टिमा आवद्ध शिक्षक पेशाबाट राजिनामा दिएर राजनिति गर्न आग्रह गरेका थिए। अब हाम्रो नगरलाई नमुना बनाउने हो भौतिक सबै ठिकै देखियो भित्रीपार्ट हामिले हेर्ने छौ। 

कार्यक्रमका  बिशिस्ट अतिथी नगर प्रमुख सुर्य प्रसाद अधिकरिले ऐले सम्म नगर बाहेक कुनै केन्द्रिय संघीय,प्रदेश सरकारले कुनैपनि सहयोग नगरेको खुलाशा गरेका छन।  हाम्रो क्षेत्रको शैक्षिक शुधार भएको छ अझै लैजान शिक्षकहरुलाई आदेश दिएका थिए। तेस्तै प्रमुख अतिथी रामजी प्रसाद घिमीरेले यो स्थापन काल देखि ऐले सम्म विभिन्न योगदान गर्नु हुने सबैलाई सम्झदै शिक्षामा फडको मारेको दाबि गरेका थिए। यो स्कुल बनाउन स्वर्गीय भोजराज घिमिरे,नेत्रबहादुर क्षेत्री लगायत स्थानीयहरुको सहयोग रहेको मैले सबैलाई चिनेको भन्दै आगामी बर्ष मेरो कार्यकालमै केही बजेट यो स्कुललाई छुट्याउने बाचा गरेका थिए। तेस्तै अध्यक्ष गोबर्धन थापाले यो स्कुल जन्मेको ६३ बर्ष पुगेको खुशियालिमा सबैले सम्झने छ्न। आगामी दिनहरुमा सबैलाई समेटने गरि अझ राम्रो कार्यक्रम गर्ने बताएका थिए । म यो बिद्यालय ब्यबस्थापनको अध्यक्ष भए देखि केही सुधार भएको छ। अझै सुधार्दै लैजाने छु भन्दै कार्यक्रम भब्यरुपमा सफल गराउन खटिएका सबैलाई धन्यबाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्