शितगङ्गामा बस दुर्घटनामा परेका ३० जना घाइतेहरुको पहिचान खुल्यो (नामावली सहित)

| २०८१ बैशाख ६ गते २०: ११ मा प्रकाशित

झनक केसि,अर्घाखाँची।
बैशाख ६ - शितगङ्गा नगरपालिका वाड न. ४ कोप्चिबासमा मिनिबस दुर्घटना हुदा बच्चाहरु सहित ३० जना घाईते भएका छन। करिब दिउसो ४ बजे मिनि बस दुर्घटना १९ जना घाईते भएका छन भने १० जना घाइतेको अबस्था सामान्य रहेको उद्वारमा खटिएका प्रहरी जनाएका छन । घाईतेहरु सबैको पहिचान खुलेको छ। उनीहरूको स्थानीय अस्पताल ठाडा प्राथमिक स्वास्थ्य केन्द्र उपचार भई रहेको र ५ जना घाईतेलाई बुटबल रिफर गरिएको  इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायक निरीक्षक डम्मर बुढाथोकिले जानकारी दिए । 

मिनिबस दाङ्ग जिल्लाको गडुवा गाउँपालिका वाड न १ बाट सुपा देउरालि दर्शन गरेर फर्किने क्रममा बिहिवार दिउँसो ४ बजे शितगङ्गा नगरपालिका वाड न.४ कोप्चिबासको ओरालोमा (रा १ ख १५०५ ) को मिनि बस दुर्घटना भएको हो। घाईतेहरु मध्य एक जनाको अबस्था चिन्ताजनक रहेको छ। २ जनाको अबस्था गम्भीर र थप उपचारका लागि बच्चाहरु सहित १९ जनालाई बुटबल रिफर गरिएको छ। ड्राईभर सहित १० जनाको अबस्था सामान्य रहेको बुढाथोकी जानकारी दिए। 

घाईते हुनेहरुमा दाङ्ग जिल्ला गडुवा गाउपालिका वडा न.१ का तुलसा घर्ति,शसि कुमाल ,दुर्गा गिरि ,आकृति पुरी ,गोमा पुरी ,हेमलाल रखाल,इन्द्र रखाल ,कमारा रोका ,टिका थापा रेणु रापा ,टुकमाया शर्मा ,छमा गिरि ,नुम बहादुर रखाल,बच्चाहरु-सालिन थापा ,तुलसा रखाल ,स्वस्तिका थापा ,युनिक पुरि,प्रिन्स पुरी रेमान रखाल ,भूमिका रखाल ,रोशन गिरि।,प्रवेश पुरी ,आकाश पुरी ,शान्ता घर्ति ,जीवन गिरि ,प्रज्वल बुढाथोकी रहेका छन। जस मध्य १ जना शितगङ्गा नगरपालिका वाड न-८ लाहपे निवासी बर्ष १३ को प्रज्जवल बुडाथोकिको अबस्था चिन्ताजनक रहेको छ भने अन्य ४ जना गोमा पुरि,दिल पुरि,छम रखाल शशी रखाल गम्भीर घाईतेहरुलाई बुटबल रिफर गरिएको छ। 

पहिलो पटक ७ जनालाई ईमर्जेन्सीमा बुटबल रिफर गरियो भने दोस्रो पटक घाईते बच्चाहरु सहित १२ जना गरि १९ सामान्य उपचार गरि बुटबल पठाईएको छ। तेस्तै १० जना सामान्य घाईतेलाई घर पठाईएको छ। १ जना  ड्राईभरलाई ईलाका प्रहरी कार्यलयमा राखिएको छ्। दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भै राखेको ईलाका प्रहरी कार्यालय कार्यबाहक प्रमुख शालिक राम खनालले जानकारी दिनुभएको छ। दुर्घटना हेर्दा बसको कन्डिसन पुरानो र सिङ्गल टायर भएको ओभरलोड हुने सक्ने प्रारम्भिक अनुसन्धानले बताएको छ।

प्रतिक्रिया दिनुहोस्