स्वर्गीय बुवा आमाको नाममा पौडेल द्वारा भुमी दान

| २०८१ बैशाख ४ गते २३: १० मा प्रकाशित

अर्घाखाँची 
झनक के.सि. 
२०८० बैसाख ४। शितगङ्गा नगरपालिका वाड न-३ ठाडा निवासी साविक २ वलिडाडाका स्वर्गीय पिता भुवनिस्वर पौडेल र माता पार्वता पौडेलको स्मृतिको नाममा छोरा कुलराज पौडेल द्वारा ज्योती भबिस्वर बहुमुखी ठाडालाई भुमीदान गर्नुभएको छ।

ठाडा दहमा नया बर्ष २०८० बैशाख १ गते देखि ९ गते सम्म ज्योती भबिस्वर बहुमुखीको आयोजना,मानव सेवा फाउन्डेसन काठमान्डौको ब्यबस्थापन र शितगङ्गा नगरपालिकाको संरक्षणमा क्याम्पसको स्तरोन्नतिको लागि  शैक्षिक बिराट महायज्ञमा समाजससेवि ठाडा निवासी कुलराज पौडेलद्वारा स्वर्गीय माता पिताको नाममा ठाडा हटिया बजार नजिकै कित्ता न.६० को २५० बर्गमिटर रहेको जग्गा क्याम्पसको नाममा दान गर्नु भएको छ। सोही जग्गा हालको नगरपालिका रेट अनुसार ५ देखि १० सम्म पर्ने स्थानीय बताएका छ्न साथमा माता पिताकै नाममा क्याम्पसको माथिल्लो तला ७ नम्बर कोठा बनाउने फिनिसिङ्ग गरेर क्याम्पसलाई हस्तान्तरण गर्ने बताएका छन। त्यो बनाउने लागत अनुमान २ लाख देखि ३ लाख सम्म लाग्न सक्ने अनुमान लगाईएको छ। तेस्तै माता पिताकै नाममा रु-१७७१७ नगद आर्थिक सहयोग गर्नु भएको छ। साथमा भोलि न्वामिको दिन आरती ब्यबस्थापन खर्च,प्रसाद साथै नौ दिन सम्म गाईको दुधको पन्चाअमृत उहाकै नाममा दिने पौडेलले घोषणा गरेका छन। 

यस ठाडाको धार्मिक शैक्षिक महोत्सव ल्याउन पहल गर्ने र ब्यबस्थापन संयोजक पौडेलनै रहेका छन। उहालाई दान गरे बापत मानवसेवा फाउन्डेसन काठमान्डौले सम्मान गरेको छ। प्रमुख कथा बाचक गुरु बाल योगेस्वर बिजय कृष्ण मुर्ती महाराज द्वारा पौडेललाई थप सम्मान गर्ने बताउनु भएको छ।  मेरा २ छोराहरु दुर्गा पौडेल,मधु पौडेल,छोरी ऐस्वर्या पौडेलको उज्ज्वल भविस्य कामना समेत गरेका छन ।।

यस महायज्ञमा बिभिन दाताहरु द्वारा स्वर्गीय बुवा आमाको नाममा पैसा सहयोग गर्दै आएका छ्न तेस्तै ठाडा निवासी कृष्ण पौडलले एक लाख दस हजार नगद दान गरेका छन।

क्याम्पसको स्तरोन्नतिको लागि सहयोग गर्न चाहनु हुनेले महायज्ञमा आएर सहयोग गर्न सक्नु हुने छ। ९ दिन सम्म चल्ने यस महायज्ञले क्याम्पसको लागी अनुमानित ४/५ करोड आर्थिक उठाउने लक्ष्य रहेको क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताउनु भयो।।

प्रतिक्रिया दिनुहोस्