शितगङ्गाको सितापुरमा वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता सुरु

| २०७८ फागुन ५ गते २२: ४४ मा प्रकाशित

झनक केसि ,अर्घाखाँची। अर्घाखाँची जिल्ला सितगङ्गा नगरपालिका वार्ड न २ सितापुरमा वार्ड स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ।

कार्यक्रमको प्रमुख अतिथी यसै वार्डका अध्यक्ष गोबर्धन थापा बिशिस्ट अतिथि कार्यपालिका सदस्य राम बहादुर दर्नाल विशेष अतिथि सरस्वती माबिका पुर्व प्रअ  राजेन्द्र केसि,अतिथी इप्रका ठाडाका सह-इन्चार्ज सालिक राम खनाल,विभिन्न पार्टिका प्रतिनिधी,संघ सस्थाका प्रमुख तथा प्रतिनिधि,सहयोगी दाताहरुको आतिथ्यतामा भलिबल प्रतियोगिता उद्घाटन गरिएको थियो.

प्रतियोगितामा २० टिमको सहभागिता रहेको जानकारी प्राप्त भएको छ। जस  मध्य उद्घाटन खेल डिभर्ना भर्सेज निपाने सेवा समाज खेलेका थिए जसमा निपाने सेवा समाजले सोझो सेट हात पारेको छ। 

अन्य खेल भोलि बिहान ८ बजेदखी नै सुरुहुने आयोजकले बताएका छन ,कार्यक्रमको संचालक दिपेन्द्र क्षेत्रीले गर्दै आएका छन।

कार्यक्रमलाई सफल बनाउन सहयोगि दाताहरुले व्यापारी लगायत देश बिदेशबाट आर्थिक सहयोग गरेको खेल संयोजक अमृत क्षेत्रीले जानकारी दिए। जस मध्य पुरस्कार रासी  प्रथम पुरस्कार तेत्तीस हजार, द्वितीय पुरस्कार बाईस हजार, तृतीय पुरस्कार वाह्र हजार रहेको क्षेत्रीले बताए। 

खेल टिटि सिस्टमबाट खेलाइएपनी ३ दिनमा खेल समापन हुने अनुमान रहेको क्षेत्रीले बताएका छन।

प्रतिक्रिया दिनुहोस्