शिततगंगामा खानी तथा नदीजन्य पदार्थको अनुगमन

| २०७८ फागुन १४ गते २३: २४ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिकामा नदीजन्य तथा खानीजन्य पदार्थको अनुगमन गरिएको छ। जिल्ला समन्वय समितिको संयोजकत्वमा रहेको जिल्लास्तरीय अनुगमन समितिले शितगंगामा हरेको नदीजन्य तथा खानीजन्य पदार्थको अनुगमन गरेको हो। 

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, प्रहरी नायव उपरिक्षक अम्मर थापा, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन, सहायक बन अधिकृत मोतीराम पौडेल, इन्जिनीयर अशोक दवाडी, करदाता सेवा कार्यलयका प्रमुख राजु बिक, निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल, वडा अध्यक्ष गाेबर्धन थापा, शितगंगा नगरपालिकाका अधिकृत नुमलाल खनाल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य लगायतको टोलीले खानीजन्य पदार्थ तथा क्रसर उद्योगको अनुगमन गरेको हो।

प्रतिक्रिया दिनुहोस्