अर्घाखाँचीमा एमाले प्रवेश गर्ने क्रम जारी 

| २०७८ फागुन २७ गते २०: २७ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची । नेकपा एमालेले अर्घाखाँचीको ६ वटा स्थानिय तहमा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरे संगै विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेको क्रम जारी रहेको एमालेले जनाएको छ । 

एमाले शितगंगा अगुवा  कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ३६ जना एमालेमा प्रबेस गरेको नगर सचिव ऋषि घिमिरेले जानकारी दिएका हुन ।  एमाले केन्द्रीय सचिव टोप बहादुर रायमाझी , जिल्ला इञ्चार्ज चन्द्र खड्का उज्वल, केन्द्रीय सदस्य चेतनारायण आचार्य, जिल्ला अध्यक्ष पिताम्बर भुसाल ,प्रदेश कमिटी सदस्य जाल्पा भुसाल ,जिल्ला कमिटी सचिब तोज बहादुर रायमाजी,पुर्व जिल्ला उपसचिव प्रेम नारायण गैरे लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रममा ४ सय हाराहारी कार्यकर्ताको सहभागिता रहेको वडा नम्बर २ , वडा नम्बर ३ वडा नम्बर १३ बाट ३६ जना एमालेमा प्रवेश गरेको नगर सचिव ऋषि घिमिरेले जानकारी दिएका हुन ।जिल्लाभर पार्टी  कार्यक्रताहरुमा प्रशिक्षण सञ्चालन गरिसके पछि एमालेले जनताको घरदैलो अभियान सञ्चालन गर्ने भएको जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिएका छ्न ।

कार्यक्रमको अध्यक्षता शितगंगा नगर कमिटी अध्यक्ष बसन्त कुमार श्रेष्ठ रहेको थियो भने नगर कमिटी सचीव ऋषि घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्