शितगंगामा माओबादीका उम्मेदवार एमालेलाई समर्थन गर्दै उम्मेदवारी र्फिता

| २०७९ बैशाख २३ गते १७: ११ मा प्रकाशित

अराज बेलबासे। शितगंगा नगरपालका वडा नम्बर १० मा माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवार रबि बेल्बासेले राम्रो उमेदवारलाई जनताको साथ समर्थन हुने भएकोले पनि वडा नम्बर १० मा एमालेबाट वडा अध्यक्षमा उमेदवार केशब बेल्बासेलाई समर्थन गर्ने गरि उमेदवारी र्फिता लिएका छन ।

कुनै समय माओवादीको पकट क्षेत्र मानिएको वडा नम्बर १० अहिले पनि वडाको तेस्रो शत्तिको रुपमा रहेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवारको एमालेलाई समर्थन सँगै नेकपा एमालेका उमेदवारलाई माओवादी केन्द्को समर्थन भएको छ । गठबन्धन गरेर नगरमा चुनावमा गए पनि वडा नम्बर १० मा तालमेल बिनै चुनावी तयारीमा माओवादी केन्द्र रहेको थयो ।

प्रतिक्रिया दिनुहोस्