अर्जुन थापा/कमला घिमिरे ,अर्घाखाँची। जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर ४ ठाडा नजिकै मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
बुटवल देखि सन्धिखर्क तर्फ आउंदै गरेको लु.१ ज ४०७६ नम्बरको यात्रु बहाक महेन्द्र कम्पनीको जिप र चाक्ला बाट हिले खोला जानको लागि हिडेको लु ११ प्.८३७४ नम्बर को बजाज कम्पनीको १५० सिसिको पल्सर बाईक आज दिउँसो ठाडा नजिकै एक आपसमा ठोक्किँदा दुर्घटना हुन पुगेको हो।
दुर्घटनामा मानवीय क्षति केहि न भएको प्रहरी श्रोत ले जनाएको छ,जिपमा सवार १० जना यात्रु सकुशल रहेको खबर प्राप्त भएको छ। मोटरसाइकल भौतिक रुपमा ठुलो क्षति भएको देख्न सकिन्छ भने जिपको आदि भाग सडक देखि झुण्डिएको अवस्थामा रहेको छ।
प्रतिक्रिया दिनुहोस्