सितापुरमा उत्पादनमा आधारित अनुदान बितरण कार्यक्रम सम्पन्न

| २०७९ कार्तिक १ गते २३: ०४ मा प्रकाशित

झनक केसि ,अर्घाखाँची। शितगङ्गा नगरपालिका वाड न २ सितापुरमा उत्पादनमा आधारित अनुदान बितरण कार्यक्रम सम्पन्न  भएको छ। 

श्री शितगङ्गा कृषि तथा पशु बिकाश महिला सहकारी सस्था लिमिटेड सितगङ्गा नगरपालिका २ सितापुरले शितगङ्गा नगरपालिकाको आवको कार्यक्रम अन्तरगत उत्पादनमा आधारित अनुदान कार्यक्रम शिर्षकमा सितापुर सहकारी मार्फत सेयर सदस्यमा जोडिएका एकल फार्म सामुहिक फार्म निर्भाहमुखी किसानहरुले अनुदान प्राप्त गरेका छ्न।

 निर्भाहमुखी किसानहरुले अनुदान प्राप्त

अनुदानमा लोकल कुखुरा तर्फ शृजना खनालले प्रथम स्थान हासिल गर्दै ८२ हजार बराबर नगद अनुदान प्राप्त गरेकी छिन। तेस्तै फलफूल केता तर्फ संगीता क्षेत्रीले ४८ हजार दुई सय पचास प्राप्त गरेकि छिन। तेस्तै खसिबोका तर्फ भुमा देवि रेस्मिले २६ हजार नगद प्राप्त गरेकी छिन ।

 निर्भाहमुखी किसानहरुले अनुदान प्राप्त

जम्मा जम्मी ७५ जनाले अनुदान प्राप्त गरेका छन। जसमध्य रु-९,१३७५२ (नौ लाख तेह्र हजार सातसय बाउन्न रुपैया) बिनियोजन भएको छ। कार्यक्रम सहकारी सस्थाकी अध्यक्ष बिष्नु अधिकारीको अध्यक्षतामा प्रमुख अतिथी नगर प्रमुख छबिलाल पौडेल,बिशिस्ट अतिथि नगर उपप्रमुख गिता भाट, अतिथी प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल,वाड अध्यक्ष राम बहादुर गोर्खा, विभिन्न पार्टीका प्रतिनिधीहरु लगाएत हेफर इन्टरनेस्नलका केशब भुषाल लगायत विभिन्न गाउबाट आएका अगुवा किसानहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। 

अतिथीहरु 

कार्यक्रममा बोल्दै वाड अध्यक्ष गोर्खा हाम्रो वाडका किसानलाई मैले सक्ने सहयोग गर्नेछु नगरका योजनालाई सबै किसान दाजुभाइहरुलाई खबर गरेर कार्यक्रम बनाउने तयारी गरेको बताए। तेस्तै प्रशासकिय अधिकृत खनालले हामिले नगर उपप्रमुखकै संयोजकत्वमा नया ढाचा तयार गरेर थप ब्यबस्थापन सहित उत्पादनमा आधारित कार्यक्रम गुरु योजना बनेको बताएका छन। तेस्तै उपप्रमुख भाटले हामी र हाम्रा दाजुभाई वैदेशिक रोजगारमा निकै चासो देखाएपनि फर्किएका केही दाजुभाई हरुले ऐले आफ्नै देशमा केही गर्नु पर्छ भन्दै कृषिमा होमिनु भएको छ ।

 सितापुरमा उत्पादनमा आधारित अनुदान बितरण कार्यक्रम 

नगरले गर्न सक्ने प्रक्रिया सबै सहज बनाउने जिम्मामा छौ हामी सबै तपाइहरुकै पक्षमा ओकालत गर्छौ। तेस्तै नगर प्रमुख पौडेलले अनुदान भन्दै देखाएर मात्र खाने चलन मौलाएको छ। जलुकेबाट पसेको बाख्रो सिमलपानीबाट निस्किने चलन अलि बढी देखिएको छ। त्यो यदि कसैले रिपोर्ट गरे नगरले तेस्ता ब्याक्तिलाई कालो सुचिमा राख्ने छौ।

सितापुरमा उत्पादनमा आधारित अनुदान बितरण कार्यक्रम 

हाम्रो सितगङ्गा कृषिमा पहिला भन्दा थप सुधार देखिएको छ । अझै हाम्रो नगरको टिमले गुरु योजना मास्टर प्लान बनाउदै छ । किसानको हक अझै प्रगती गर्नु पर्छ भन्दै सबैलाई शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्