अर्घाखाँचीको सितापुरमा कार दुर्घटना : ५ जना घाइते

| २०७९ मंसिर २४ गते १६: ०० मा प्रकाशित

अर्घाखाँची २४ मंसिर 
झनक के.सि.। गोरुसिङ्गे सन्धिखर्क सडक खन्डको शितगङ्गा नगरपालिका वाड न-२ सितापुरको राजुबास नजिकै कार दुर्घटना हुदा ३ जनाको अबस्था गम्भीर रहेको छ। २ जना सामान्य घाइते भएका छ्न। 
 

तनहुको आबु खैरेनीबाट सुपादेउराली मन्दिर दर्शन गरेर फर्कने क्रममा (ग ३ च १५७९) को ब्राजा कार बिहान ७ बजे सितापुर राजुबास झोलुङ्गे पुल नजिकै दुर्घटना हुदा ५ जना घाइते भएका छन भने ३ जनाको अबस्था गम्भीर रहेको छ। कार मोटरबाटो देखि करिब १०० मिटर तल खोलामा पुगेको छ। घाइतेहरूलाई स्थानीयहरु र प्रहरिहरुले उद्वार गरिएको छ। 

 उद्वार 

घाइतेहरु त्रिपाठि परिवार रहेका छ्न। बर्ष २८ का शिशिर त्रिपाठि,बर्ष ५१ का अन्शु त्रिपाठि,बर्ष ५५ कि लक्ष्मी त्रिपाठी,बर्ष २५ कि प्रकृति त्रिपाठि,र चालक बर्ष २५ का सिसन त्रिपाठी रहेका छ्न। जसमध्य  शिशिर,प्रकृती,सिसनको अबस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य रहेको इप्रका ठाडाका इन्चार्ज होमनाथ रेग्मिले जानकारी दिएका छन। 
 
 घाइतेहरुलाई ठाडा  प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरि  बुट्बल रिफर गरिएको रेग्मिले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्