अर्घाखाँचीमा बसले किच्दा एक बृद्धाको मृ'त्यु

| २०७९ पौष २० गते १४: १५ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक बृद्धाको मृ'त्यु भएको छ ।

 कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो ।

कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्