अर्घाखाँचीमा टिप्पर दुर्घटना: १ जना घाईते

| २०७९ माघ २४ गते १५: ५८ मा प्रकाशित

विष्णु कुमार आले,ठाडा। 
२४ माघ -  अर्घाखाँचीको शितगंगा ७ दमाबेसीमा टिप्पर दुर्घटना हुदा १ जना घाईते भएका छन् । 

गच्छे-भालुवाङ सडकको वाल उठाउने काम गरिरहेको लु १ क ५१८७ नम्बरको टिप्पर अनियन्त्रित भई अगाडि दुई घरमा ठोक्कीन जाँदा सन्धिखर्क ७ नरपानीका २१ बर्षिय टिप्पर चालक अनिल दर्लामी घाईते भएका छन् । 

साथै टिप्परले शितगंगा ७ दमारबेसी निवासी गिरी बहादुर थापा र ईन्द्र बहादुर थापाको  २ घरमा क्षेति पुराएको छ । निज घाईतेलाई उपचारको लागि बुटवल लगिएको बताईएको छ । ढुङ्गा लोड गर्दै गरेको टिप्परको एक्कासी गियर झरेपछी अगाडि  ओरालो सडकमा गुडेर घरमा क्षेति पुराएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्