शितगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

| २०७९ फागुन ८ गते १७: ४३ मा प्रकाशित

झनक केसी , अर्घाखाँची ।अर्घाखाँचीको शितगंगामा आज सोमबार देखि पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ।

आज देखि शितगंगा १२ रजियाँ स्थित खेलमैदानमा निरन्तर आज फागुन ८ देखि फागुन १० गते सम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगर पालिका भित्रका १५ ओटा माध्यमिक बिधालयका छात्रछात्रा खेलाडीहरूले भाग लिएका छन् । 

पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती माबि, ज्याेति माबि, पावरा माबि, गाैरा माबि, पाकुरी माबि, लाहापे माबि, जनजागृती माबि, प्रभाकर माबि, मन्द्रेमाबि, हरि माबि, सुबोधिनी माबि, रिकोट माबि,  धर्मोदय माबि, सुधा माबि र शिबाहदह माबिका छात्रछात्रा खेलाडीहरूले भाग लिएका हुन् । पाचौं राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता कार्यक्रमको नगर प्रमुख छबिलाल पौडेल र उप प्रमुख गिता भाटले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको छ ।

 पाचौं राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता 

गत बर्ष भएको चौंथो राष्टपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती माबि सितापुरले प्रथम हात पार्न सफल भएको थियो । यस पटक पनि निकै कडा प्रतिस्पर्धा हुने छ । पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोह कार्यक्रमको संचालन ज्योति भबिश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा शितगंगा १२ का वडा अध्यक्ष चोप बहादुर घर्तिमगर , सदस्य तुल्सीराम घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष चिन्तराज अधिकारी,वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रमणी बेल्वासे, सुरक्षाकर्मी , समाजसेवी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्