सितापुरमा एकदिने वृहत् स्वास्थ्य शिविर हुने

| २०८१ बैशाख १६ गते १५: ३९ मा प्रकाशित

पूजा केसि, अर्घाखाँची।सितापुरमा विशेषज्ञ सेवासहितको एकदिने  नि:शुल्क वृहत् स्वास्थ्य शिविर हुने भएको छ । 

सितापुर रुपन्देही सिर्जनशिल समूहद्वारा आयोजित सितगंगा नगरपालिका २ सितापुरमा  साझा  हस्पिटल प्रा.लि. बुटवल ८ रुपन्देही को प्राविधिक सहयोगमा वैशाख २२गते शनिबार काे  दिन श्री सरस्वती मा.वि काे प्राङगड मा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।।

स्वास्थ्य शिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण,महिला प्रसुति तथा नि:सन्तान राेग विशेषज्ञ ,जनरल फिजिसियन विशेषज्ञ ,हाडजोर्नी तथा बाथराेग विशेषज्ञ ,बालराेग विशेषज्ञ ,नाक कान तथा घाँटीराेग विशेषज्ञ ,जनरल सर्जन तथा ल्याप्राेस्काेपिक विशेषज्ञ ,निशुल्क औषधि वितरण  लगायतका सेवाहरू उपलब्ध गराउने उक्त शिविरका संयाेजक प्रकाश क्षेत्री ले  जानकारी दिएका हुन। 

स्वास्थ्य शिविरको उद्देश्य सकेसम्म धेरै मानिसहरू लाई सहयोग पुर्‍याउनु हो। यसका लागि सहकार्य आवस्यक रहेको शिविरका संयाेजक क्षेत्री ले बताए । 

सम्पूर्ण बुवा आमा, दाजुभाई, दिदी बहिनीहरूले आफ्नो स्वास्थ्य जाँच गराई स्वास्थ्य लाभ लिनुहुन र पुरानाे राेग पालेर नबस्न समयमै राेग पहिचान गर्न सितापुर रुपन्देही सिर्जनशिल समुहले  अनुरोध गरेको छ। 

प्रतिक्रिया दिनुहोस्