अर्घाखाँचीकाे शितगंगामा साेमवार सार्वजनिक बिदा

| २०७९ फागुन १४ गते २०: ११ मा प्रकाशित

गोपालप्रसाद भट्टराई। अर्घाखाँचीको शितगंगा नगरपालिकाले भाेलि साेमवार सार्वजनिक बिदा दिने भएको छ । ४१ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा भाेलि फागुन १५ गते नगरपालिकाले सार्वजनिक बिदा दिने भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयाे ।

नगरपालिकाले एक सूचना निकालेर भाेलि सार्वजनिक बिदाका दिन नगरभित्रका सार्वजनिक निकाय, सङ्घ–संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहने जनाएकाे छ ।

भौगोलिक हिसाबले देशकै ठूलो नगरपालिका शितगंगामा मगर समुदायको बाहुल्यता रहेको छ ।

शितगंगा नगरपालिकाले भाेलि साेमवार सार्वजनिक बिदा दिने भएको छ

 

प्रतिक्रिया दिनुहोस्