शितगंगाका क्यान्सर पीडित भाट क्षेत्रीद्वारा सहयोगको अपिल

| २०८० असोज १५ गते १९: ३१ मा प्रकाशित

झनक केसि ,अर्घाखाँची। 
असोज १५ - शितगंगा नगरपालिमा वाड न-४ चक्ला निवासी वसन्त भाट क्षेत्रीलाई एक्कासि जन्डिस क्यान्सरका देखिएपछि थप उपचारका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन।

स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो।

भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई अहिले डाक्टरहरूको रोहवरमा ३ महिना देखि किमो थेरापी गरिँदै आएको छ। उनलाई कम्तिमा पनि ३ देखि ६ महिनासम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने र त्यसपछि मात्र अपरेसन गर्नुपर्ने भएकाले उनी अहिले अस्पतालमै भएको उनका परिवारले उल्लेख गरेका छन्। 

अपरेसनका लागि ३० लाख रकम चाहिने र त्यसका लागि परिवारको आर्थिक स्थिति कमजोर भएकाले उनको परिवारले आर्थिक सहयोगका लागि अपिल गर्दै आएका छन्। उनलाई रास्टिय बाणिज्य बैंक‚ठाडा आफ्नै नामको खाता वसन्त भाट क्षेत्री  (3380100002394010 ) मा आर्थिक सहयोग गर्न सकिने परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्