बर्षातका कारण सितापुर बजारका ५ घर बिस्तापित १० घर उच्च जोखिम

| २०८० असोज १६ गते १६: ४० मा प्रकाशित

झनक केसि ,अर्घाखाँची।अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वडा नम्बर २ सितापुर मुख्य बजारमा ५ ओटा घर बिस्तापित भएका छन । १० ओटा सडक किनारामा रहेका घर उच्च जोखिममा परेका छन । ३ दिन देखिको अविरल बर्षातका कारण सितापुर बजारमा घर बिस्तापित र उच्च जोखिम परेका छन।

सितापुर मुख्य बजारको पछाडी बिगतका बर्षमा पनि स-सना पैरो गै राखेको  थियो। पैरो जानुका मुख्य कारण सडकको भलनै रहेको स्थानियहरुले जनाएका छन। २०५८ सालको सडक बिस्तार पछि  पिडाल्ने डाडा देखिको भलको पानी र उपल्लो बजार देखि आएको भलको पानी बर्षौ देखि एउटै ठाउबाट निकास दिदा अहिले त्यो साइडमा रहेका धेरै घरहरु उच्च जोखिममा रहेका छ। जसमध्ये ५ ओटा घर भने पुर्णरुपमा बिस्तापित भएका छन । भने थप १० घर उच्च जोखिममा देखिएका छन। भल नियन्त्रण गर्न पटक,पटक पहल गर्दापनि कुनै पनि सम्बन्धित निकाएको ध्यान नदिएको स्थानियले बताए। पहिरो तथा सडक उच्च जोखिम देखिएपछि सडक सुपरभाइजर कृष्ण अधिकारिले ७० मिटर लम्बाई नापजाँच गरि लगेको अन्य निकायलाई थप अनुसन्धान गर्न स्थानीयलाई सुझाव दिएका छन। यदि समयमै थप बिकल्प खोजिएन भने बजारनै बिस्तापित हुने देखिएको छ। 

 शितगङ्गा

सडकका घर जोखिममा परेकाले पिडित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पिडित परिवारहरु मध्य २ ओटा आर सिसि घर र ३ ओटा कच्ची घर रहेका छन । दशरथ गुरुङ्ग,बिश्नु थापा मगर,बब्लु गुप्ता,सन्तोष घ.म,दुर्गा बिसिको बिस्तापित भएका छन भने मुख्य बजार उच्च जोखिममा परेका छन। पहिरोका कारण बिस्तापित भएका घर परिवारलाई अन्य ठाउमा कोठा खोजेर सारिएको छ।

प्रतिक्रिया दिनुहोस्