अस्थायी ट्राफिक प्रहरी कार्यलय ठाडाले दुर्घटना न्यूनिकरण गर्न चालक,सडक प्रयोगकर्ता,बिद्यार्थि,सर्वसाधारणलाई सडकमै प्रशिक्षण तथा सचेतना

| २०८० असोज २४ गते १९: ४७ मा प्रकाशित

झनक केसि ,अर्घाखाँची। 
अशोज २४ - अर्घाखाँची सवारी दुर्घटना न्यूनिकरण गर्न अस्थायी ट्राफिक कार्यलय जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सडकमै सवारी चालक,सडक प्रयोग कर्ता,पैदल यात्री,बिद्यार्थिहरु र सर्वसाधारणहरुलाई बुधबार ट्राफिक सचेतना तथा अन्तरकृया कार्यक्रम अभियान सुरु गरेको छ।

ट्राफिक सचेतना तथा अन्तरकृया कार्यक्रम

गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड अन्तरगत शितगङ्गा नगरपालिकाको राजुबासमा इलाका प्रहरी कार्यालय ठाडा र अस्थायी ट्राफिक कार्यालय ठाडाले सवारी साधन छडके चेकिङ्गमा सितापुरको राजुबासमा सवारी चालक,सवारी धनी र आम सर्बसाधरणलाई सचेतना अभियान सुरु गरिएको अस्थायी ट्राफिक कार्यालय ठाडाका प्रमुख प्र.श.नि अजय कुमार यादबले यादबले  जानकारी दिए ।

ट्राफिक सचेतना तथा अन्तरकृया कार्यक्रम अभियान सुरु 

‘ट्राफिक नियम जानौ र मानौ आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ अभियानका साथ सचेतना अभियान सुरु गरिएको हो। सड्कमा तीब्र गतिमा सवारी चलाउँदा पर्न जाने समस्यासँगै बढ्दो दुर्घटना न्यूनिकरणलाई घटाउन भन्दै अभियान सुरु गरिएको ट्राफिक प्रशनि यादबले जानकारी दिए ।

जिल्लामा सुपा देउराली दर्शन गर्न आउने भक्तजनहरु अत्याधिक भारतबाट दुईपाङ्रे सवारी साधनमा आउने गरेको बताए।सदरमुकाम सन्धिखर्कमा जिल्ला ट्राफिक कार्यालयले पनि अभियान सुरु गरेको छ्। राजुबास  चोकमा बिभिन्न सवारी चालक, सवारी धनी र सर्बसाधरणलाई राखेर दुर्घटना न्यूनिकरण गर्न जिम्मेरवार बन्न आग्रह गरे ।

सवारी चालकलाई प्रशिक्षण दिँदै थापाले भने ‘तीब्र गति जीवनको क्षती भन्ने कुरालाई मनन गरेर सिट क्षमता भन्दा वढी यात्रु नराखाैं,जिम्मेवार चालक बनेर दुर्घटना न्यूनिकरण गरौ ।’

उनले सवारी चलाउदा सिट क्षमता, हेलमेट सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा जिम्मेवार बनेर दुर्घटना रोक्न पहल गरे ।

सवारी साधन चलाउँदा सानो लापरवाहीले पनि दुर्घटना हुनेहुँदा सबै पक्ष मिलेर दुर्घटना न्यूनिकरणमा ध्यान दिन आग्रह गरे ।

ट्राफिक प्रहरी सहायक निरीक्षक यादबको कमान्डमा खटिएको टोलि प्र.ह रबिन्द्र कुमार बिस्ट प्र.ह लक्ष्मण थारु
प्र.ज निर्मल कुमार क्षेत्रिले सवारी साधनको गति सिमित गरौं आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भनाइलाई आत्मसाथ गरेर जिम्मेवार चालक बनेर सवारी सधान चलाउन आग्रह गरे ।

 

सवारी चालकलाई दिने सचेतना अभिनाय जिल्लाको विभिन्न स्थानमा गरिने ट्राफिक कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सचेतना अभियानमा सवारी चालक,सवारी धनी र आम सर्बसाधारणलाई करिब ५ मीनेट प्रशिक्षण दिने गरेको ट्राफिक प्रहरी हवल्दार बिष्टले जानकारी दिए । अर्घाखाँचीमा दुर्घटना न्यूनिकरण गर्न भन्दै अर्घाखाँची  सड्कमा सचेतनाका होडिङ्ग बोर्डपनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्