अर्घाखाँचीको ठाडामा शरायं नाँच हुने: अध्यक्ष बेल्बासे

| २०८० असोज २६ गते १४: २९ मा प्रकाशित

झनक केसि,अर्घाखाँची।अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिकामा परापुर्वक काल देखि चल्दै आएको सराय नाँच यस बर्ष सन्चालन गर्ने भएको छ।  

मन्दिर 

गएको बर्षपनि निकै ठूलो बर्षातको कारण मन्दिर परिसरमै सराय निकालेर सेलाईएको थियो। दशैको २ दिन पछि द्वादशीको दिन लाग्ने ठाडाको सराय यस बर्षको पात्रो अनुसार द्वादसी तिथि नभएकोले दशैको अर्को दिन त्रयोदशी भएकोले दशैको अर्कोदिन सराय नाच निकाल्ने मन्दिर ब्यवस्थापन समितिको अध्यक्ष नरेन्द्र बेल्बासेले जानकारी दिनुभयो।

सराय नाच निकाल्ने मन्दिर ब्यवस्थापन समितिको अध्यक्ष नरेन्द्र बेल्बासेले जानकारी दिनुभयो

मिति २०८० असोज २५ गतेका दिन  मन्दिर ब्यबस्थापन बैठक बसी दशैको अर्को दिन सराग नाँच सहित फुलपाती सेलाउने कार्य हुने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बेल्बासेले जानकारी दिनु भयो ।

सराय नाच नाच्ने चलन अर्घाखाँची,पाल्पा,प्युठान गुल्मी,लगायत जिल्लामा यो नाचलाई मत्वपुर्णका साथ हेरिने गरिन्छ। ठाडापनि  मौलिक सस्कृतिको रुपमा यसलाइ लिने गरिन्छ । अर्घखाँचीमा खास गरि  ठाडा,खाँचीकोट, अर्घा दरबार, जुकेना, सराय नाँचमा धेरै भिडभाँड समेत हुने गर्छ ।

खाँची दरवार 

शितंगगाको नगरपालिकाको ठाडामा  हजारौ भक्तजनहरुले सराय नाचको अबलोकन गर्दै आएका छन। कोरोनाको माहामारि पछि पहिला पहिला जस्तो भिड भएको थिएन यसपाली मौसमले साथ दियो भने ठाडामा भिडभाड हुने अध्यक्ष बेल्बासेले बताउनु भयो। तेस्तै चाक्लाको रजिया जुकेना, सितापुर कालिकाथान, क्रितिपुर कोठिया मैलान लगायतका बिभिन्न स्थानमा एकादशी लेखि पुर्णिमा सम्म भब्य सराय नाँच हुने गर्दछ ।

राजिया मैदान 
डमरु दह 

प्रतिक्रिया दिनुहोस्