चार्ड पर्वलाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय ठाडाको अनुरोध: सुरक्षा निगरानी बढाएका छौं ढुक्क संग चाडपर्व मनाउनुहोस

| २०८० कार्तिक १ गते १५: १४ मा प्रकाशित

झनक केस,अर्घाखाँची।
कार्तिक १ - अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिकाले चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाइ आफू,आफ्नो परिवार, छिमेक र समाजलाई सुरक्षित राख्न ईलाका प्रहरीले कार्यालय ठाडाले अनुरोध गरेको छ ।

शितगङ्गा नगरपालिका मुख्य बजारहरुमा मध्य नजर गर्दै आज सितापुर बढाचौर बजारमा ईलाका प्रहरी ठाडाका सह-इन्चार्ज  प्रहरी नायब निरीक्षक शालिक राम खनालले चाडपर्वका बेला  सचेत र चनाखो हुन आग्रह गर्नु भएको छ । बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उहाँको अनुरोध छ ।

जिल्ला अर्घाखाँचीले सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध

यस्तै, नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छ/छैन एकिन गर्न र सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा नजिकैको प्रहरीलाई  सिदै १०० नम्बरमा फोन गर्न अनुरोध गरेका थिए।।

लङ्गुरबुर्जा, तास,जुवालगायतका हारजित हुने खेल खेल्दा उठिबास हुनसक्नेतर्फ सचेत हुन, बनौँ बन्न, जाँड रक्सी तथा लागुपदार्थ सेवन गरेर गाडी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्