अर्घाखाँची मा तरकारीमा राख्ने बिषादी सेवन गर्दा एक जनाको मृ'त्यु

| २०८० मंसिर २ गते २१: ०० मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। जिल्लाको शितगंगा नगरपालिकामा तरकारीमा राख्ने बिषादी सेवन गर्दा एक जनाको मृत्यु भएको छ। 

शितगंगा नगरपालिका वडा नम्बर -९  मगराकल्लेरी निवासी ६० बर्षिय खुम थापाले कार्तिक २९ गते बिहान करिब ७ बजेको समयमा तरकारीमा राख्ने बिषादी सेवन गरेको र उपचारको लागि मेडिकल कलेज भैरहवा पठाईएको मा मङ्सिर १ गते करिब ३ बजेको समयमा निजको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्