अर्घाखाँची मा जुवातास खेल्ने ९ जना जुवाडे पक्राउ

| २०८० मंसिर २ गते २१: ४३ मा प्रकाशित

पुजा केसी ,अर्घाखाँची।अर्घाखाँचीको शितगंगामा जुवा तास खेल्ने ८ जना पक्राउ परेका छन्। 

शितगँगा नगरपालिका वडा नम्बर - ३ ठाडा बस्ने गणेश खनाल काे घरमा जुवातास खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडा बाट  प्र.नि ऋषिराम घर्ति मगरको नेतृत्वमा रहेका ५ जना प्रहरीहरुको समुहले ५७,३२५ नगद रुपैयाँ र ३ गड्डी तास सहित कार्तिक २७ गते साँझ करिब ९ :१५ मिनेट को समय मा पक्राउ गरेको हो। 

जुवातास खेल्ने ८ जनालाइ मङ्सिर १ गते  जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँची बाट १० दिन म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाईएको खबर प्राप्त भयको छ। 

पक्राउ हुनेहरु

अर्घाखाँची जिल्ला शितगँगा नगरपालिका ३ ठाडा बस्ने - ५६ वर्षको गणेश खनाल
 ४२ वर्ष दिनेश श्रेष्ठ
 ५४ वर्ष बलबहादुर   भाट क्षेत्री 
 ५१ वर्ष  कृष्ण न्याैपाने 
७३ वर्षकाे पर्शुराम श्रेष्ठ 
 ४९वर्षको साेबबहादुर खत्रि
५९ वर्षकाे तुलाराम गिरि
४२ वर्षको प्रकाश श्रेष्ठ 
६३ वर्षको घनश्याम पाैडेल

प्रतिक्रिया दिनुहोस्