अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा भएकाे सवारी दुर्घटना: दुईजना गम्भीर घाईते

| २०८० मंसिर ९ गते २२: ४५ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा भएकाे सवारी दुर्घटनामा दुईजना गम्भीर घाईते भएका छन् ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेकाे लु १ ज ४०९९ नम्वरकाे ट्याक्सी र विपरित दिशाबाट आउदै गरेकाे लु १६ प ६५९६ नम्वरकाे माेटरसाईकल शितगंगा १२ पिरापानी नजिक एकआपसमा ठाेक्किदा माेटरसाईकलमा सवार २ जना गम्भीर घाईते भएका हुन् ।

गम्भीर घाईते हुनेमा शितगंगा १२ निवासी छवि भट्टराई र बासु भट्टराई रहेका छन् । माेटरसाईकल चालक दधिराम भट्टराईकाे अवस्था भने खतरामुक्त रहेकाे बताईएकाे छ । तिव्रगतिका कारण दुर्घटना भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ । घाईतेहरुलाई उपचारकाे लागि अस्पताल लगिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्