गच्छे भालुवाङ सडकको स्तरउन्नतीमा अनुगमन नहुँदा गुणस्तरिय काम नभएको स्थानियको गुनाशो, ल्याप टेस्ट गर्न माग

| २०८० मंसिर १० गते १९: ५८ मा प्रकाशित

विक्रम आचार्य, शितगंगा।अर्घाखाँची जिल्लाको प्रदेश राजधानी दाङ जोड्ने गच्छे भालुवाङ वाटो स्तर उन्नतीको काम चलिरहेको छ ।

ग्याभिङ जालि मेसेनरी वाल वाटो फुल करिङ नालि र ग्रावेलको काम भूमिकास्थान नगरपालिकाको टोड्के देखि शितगंगा नगरपालिकाको लामाताल सम्म काम हुने निर्माण ब्यावसायी अमर ज्योति कन्ट्रक्सन प्रा.लि. का सञ्चालक वसन्त भुसाले बताउनु भयो ।

अहिले ग्रावेलको काम चलिराख्दा बाटोमा विछ्यायको ग्रावेल गुणस्तरिय र टिकाउ नभएको स्थानिय वासिको गुनाशो छ । साथै नालिविना नै ग्रावेल बिछाउदा कतै नालि नवन्ने हो कि भनेर शितगंगा ७ का स्थानिय कमल लामिछाने शंका गर्नु हुन्छ ।

आफुलाई यो ग्रावेल आफुलाई गुणस्तरिय नलागेको र अरु व्यावसायी र इन्जिनियर संग वुझ्दा पनि राम्रो नभएको वुझियको आफ्नो वडा भित्रको वाटो स्तर उन्नती हुदा पनि निर्माण ब्यावसायी पक्षले खासै समन्य नगरेकोले यस्लाई ल्याप टेस्ट गरेर मात्र प्रयोग गर्नुपर्ने र टिकाउ होस भन्ने चाहाना रहेको वडा नं. ६ का वडा अध्यक्ष ऋषि रेश्मीले बताउनु भयो ।

ग्याभिङ वाल मेसिनरी वालमामा कमजोर ढुङ्‌गाको प्रयोग भएको हिउँदमा राखियका होम पाईप वर्षादमा लथलिङ्‌ग भएका थिए त्यसैलाई अहिले पुरेर लेवल गरि कम गुणस्तरिय ग्रावेल वाटोमा प्रयोग भयको वाटोमा कम मात्रामा ग्रावेल छरेको अनुगमन कस्ले गर्ने कुन निकाएले गर्ने हो अनुगमन नहुदा व्यावसायीको मनोमानी काम भएको वडा नं. ७ का वडा अध्यक्ष देविराम घिमिरेले बताउनु भयो ।

साथै जन्ताले कम गुणस्तरिय काम भयो भनेर आफु संग गुनाशो गरेको अध्यक्ष घिमिरेको भनाई छ ।

स्टमेट अनुसार सबै काम हुन्छ भुमिकास्थान को टोड्के देखि लामाताल सम्म स्तरउन्नती , ग्याभिङ जालि , मेसिनरी वाल , नालि र ग्रावेल को काम पुरा हुन्छ ग्रावेल ल्याव टेस्ट गरेर स्तरिय प्रयोग गरेका छौ शंका लागेमा ल्याव टेस्ट गर्न अमर ज्योति निर्माण सेवा प्रा.लि. का संचालक वसन्त भुसालले जानाकारी दिनु भयो।

 निर्माण ब्यावसायीले यसो भनि राख्दा सोहि बाटोको निगमन अनुगमन स्टमेट मुल्याङ्कन गर्ने इन्जिनियर टोप बहादुर दलार्मीले यस ग्रावेलको ल्याप टेस्ट गर्न पठाइयको छ भोलि मात्र रिपोर्ट आउने जानाकारी दिनु भयो ।

ब्यावसायी भन्छन् ल्याव टेस्ट भयर ग्रावेल को काम भएको छ आधा बाटोमा ग्रावेल भै सक्दा इन्जिनियर भन्छन् ल्याप टेस्ट हुदैछ जनप्रतिनिधी भन्छन् अनुगमन गर्ने निकाए काहा छ यस्ता समस्याले जन्ताको वाटो समस्या जस्ताको तस्तै हात्ति आयो आयो फुस्स भने जस्तो त हुदै छैन सम्बन्धित पक्षको ध्यान जान जरूरी छ

प्रतिक्रिया दिनुहोस्